बैशाख ६, काठमाडौँ । सचेत नागरिक अगुवा, कवि, लेखक, राजनीतिकर्मी आदिको पहलमा आम श्रमजीवीका आवज उठाउन हाम्रो नागरिक अभियान सुरु भएको छ ।
सरकारले आम गरिखाने मजदुर किसान र श्रमजीवी बर्गलाई अपहेलित गरेको भन्दै यो अभियान चलेको हो । अभियानले बाटो अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुर्याउन, राहत बितरण प्रणालीलाई ब्यबस्थित बनाउन, कालोबजारी नियन्त्रण गर्न, किसानलाइ राहत र मल बीउ सहज बनाउन, कोरोना कोषलाई जनहित प्रयोग गर्न, गरिखाने बर्गको ब्यबस्थापन गर्न माग गरेको छ । यदी माग पुरा नभए सडक आउनसम्म बाध्य हुने अभियन्ताहरुले जनाएका छ्न । अभियानले सामाजिक संजालमा राम्रो चर्चा पाएको छ ।
यस अभियानको प्रमुख अभियन्ता रसुवाली कवि भन्छन- ‘यो बिशुद्द मजदुर किसानको पक्षधर आन्दोलन हो । अभियान हो । संसारका मजदुर एकै हौ भनेर स्लोगन टासेर राजनीति गर्ने कम्युनिस्ट सरकारकै पाला मजदुरहरुको बिचल्ली देख्न नसकेपछि यो अभियान थालेका हौ । मजदुर किसान र श्रमजीवी बर्गलाई गाँस बाँस कपास ब्यबस्थापन गर्ने कुरामा सरकारले कदम नचालेसम्म हाम्रो खबर जारी रहन्छ ।’,
यो अभियानमा झन्डै ८ बढी नागरिक सहभागी भैसकेका छ्न भने थपिने क्रम जारी रहेको छ ।
यस्तो छ अभियानद्वारा जारी बिज्ञपति
बिश्व यतिखेर कोरोना भाइरल कोभिड १९ विरुद्धको लडाइँमा छ । बिश्व नै लकडाउन ( बन्दाबन्दी ) मा छ । नेपालमा पनि यो बन्दाबन्दीको कडा असर परेको छ । यो कठिन परिस्थितिमा मजदुर किसान साना आय भएका ब्यबसायी तथा श्रमजीवी बर्ग अभाव भोकमरी हैरानी खेप्न बाध्य भएको छ । रातरात शहर छोडेर गाउँतिर लम्किरहेका मान्छेहरुको हुल देख्दा तपाईं हाम्रो हृदय पग्लिन्छ । मानवताको भाव जागृत हुन्छ ।
लकडाउनलाई झन कडा बनाउने नाउँमा प्रहरी आक्रमक बन्दै गएको छ । अस्पतालबाट घर फर्किरहेका डाक्टर औसधि किनेर आएका सर्बसाधारण तथा गाउँ फर्किन बाध्यहरुलाइ प्रहरीले आक्रमण गरेको समाचार बारम्बार सार्बजनिक भैरहेको छ । सरकारले न राहतको कार्यक्रम घोषणा गरेको न गाउँ फर्किन बाध्य आम नागरिकलाई सुररक्षित ढंगले गन्तव्य पुर्याउने कुनै योजना बनाएको छ । बरु उल्टो प्रहरीदेखि सेनासम्म परिचालन गरिएको छ ।जस्को कारण ठुलो जनसंख्या आपतमा परेको छ ।उनीहरू बिचल्ली हुने स्थिति बन्दै गएको छ ।राज्यकै कारण लाखौं जनता भोकमरीको स्थितिमा पुग्ने बाताबरण सिर्जना भएको छ ।
सर्ब प्रथम त हामी राज्यको यो घोर अमानवीय र गैरजिम्मेवार हर्कतको भर्सना गर्छौ । हामी राज्यलाई गम्भीरताका साथ छिटोभन्दा छिटो आम श्रमजीवी नागरिकको जीवनलाई सम्बोधन गर्न अपिल गर्छौं ।साथै हामी भन्छौं स्वास्थ परिक्षण गर्दै घर फर्किन बाध्य नागरिकहरुलाइ गन्तव्यसम्म पुर्याउने बाताबरण तत्काल निर्माण गर ।स्थानीय निकायको राहत बितरण प्रणाली ब्यबस्थित बनाउ पीडितसम्म राहत पुर्याउ ।
किसानहरुलाइ मल बीउ सहज बनाउ । कृषि अनुदान कार्यक्रम घोषण गर । कृतिम अभावलाई नियन्त्रण गर ।निर्बाध रूपमा दैनिक उपभोग्य बस्तुलाई उपभोक्ताको सहज पहुँचसम्म पुर्याउ ।मजदुरहरुलाई सम्बोधन हुने रोजगार कार्यक्रम घोषणा गर । कमसेकम भाडामा बस्नेहरुलाई एक महिना भाडा छुट गर्न निर्देशन देउ । प्रहरी दमन बन्द गर । यी माग पुरा नभए हामि सडकमा आउनेछौ ।
श्रमजीवी मजदुरहरुको पक्षधर हाम्रो नागरिक अभियानमा जोडिनु ब्यक्तिहरुको नाम
रसुवाली कवि लेखक तथा प्रमुख अभियन्ता
श्रवण मुकारुङ चर्चित कवि
स्वानाम साथी माक्र्सवादी बुद्धिजीवी
सुविन न्यौपाने कान्जीभाइ लेखक
जितेन्द्र तामाङ लेखक तथा जनमुक्ति सेनाका पुर्ब कमान्डर
रत्न प्रसाद अनामणि साहित्यकार
अशोक सुवेदी लेखक माक्र्सवादी समालोचक
बिपि बिद्रोह साहित्यकार
बिज्ञान शर्मा लेखक राजनीतिक बिश्लेशक
तुलसी बास्कोटा लेखक तथा फिल्म निर्देशक
घनश्याम तिमल्सिना फिल्म निर्देशक कलाकार
अर्जुन बुढाथोकी खेलाडी राजनीतिकर्मी
योगेश बराल राजनीतिकर्मी
कुन्साङ कान्छा अर्थ राजनीतिक बिश्लेशक
शङकर दुलाल लेखक फिल्म निर्माता
राज्य राई फिल्म निर्देशक
बसन्त भेटुवाल राजनीतिकर्मी
जीवन हमाल लेखक पत्रकार
दिपेन सिम्खडा लेखक
सरोज सुनामी लेखक
नमराज बिसट लेखक मुक्तककार
कब्बु कबेरी लेखक
नवीन घिमिरे कलाकार
सर्ब श्रेष्ठ प्रगतिशील लेखक तथा मजदुर नेता
उत्तम श्रेष्ठ लेखक पत्रकार
प्रकाश दाहाल ताप्लेजुङे लेखक राजनीतिक कर्मी
शिव शर्मा कलाकार
याकथुङबा सुनिल आङबो लेखक
ईश्वर कुमार मैनाली लेखक
प्रभाती किरण लेखक
गुरु चौधरी लेखक
बिश्वास नेपाली लेखक
महान त्यागी लेखक
बिष्णु लामिछाने सचेत नागरिक
दिपेन न्यौपाने सचेत नागरिक
डिबि पराजुली नागरिक अभियन्ता
जटिल कार्की लेखक
दुर्लभ काइला लेखक
सुगम सुनामी लेखक
बेदनाथ ढकाल लेखक
पिबि सङगम सचेत नागरिक
कमल पाण्डे सचेत नागरिक
सिङ्जान चेम्जोङ लेखक
प्रकाश राहाडी मगर लेखक
लामिछानेजी लेखक
सुरज उपाध्याय लेखक
दिपेन्द्र समर क्षेत्री लेखक
अन्जान रिमाल लेखक
अर्जुन नेपाली लेखक
निर्मल खडका लेखक
सङ्गम सुहाङ लेखक
ओम प्रकाश घिमिरे लेखक
जीवन दोङ तामाङ लेखक
नवीन पण्डित प्राध्यापक
शुवासचन्द्र राई सचेत नागरिक
मुक्त उदास लेखक
हिमाल थापा क्षेत्री लेखक
सुशान्त लामा लेखक
खेम बतास लेखक
माधब घिमिरे अटल लेखक
नबराज न्यौपाने सचेत नागरिक
प्रकाश कोइराला लेखक
खेमराज आचार्य लेखक
नवबराज मैनाली लेखक
सुमन तिमल्सिना लेखक
जीवन पोख्रेल लेखक
रिदोपा राई लेखक
सुश्मा न्यौपाने लेखक
मुक्ति गैरे लेखक
मनहरी तिमल्सिना पत्रकार स्तम्भकार
पिडी शेर्पा पत्रकार
बिबेक दाहाल सचेत नागरिक
युवराज पराजुली सचेत नागरिक
बिपना श्रेष्ठ लेखक
यसु गिरि लेखक
राजेन्द्र पन्थ सचेत नागरिक
हिरा लामा लेखक
तारामिलन छन्त्याल लेखक
रणबहादुर राना लेखक
सुनिल नेपाली लेखक
रचित रेशम लेखक
लक्ष्मण गौतम सचेत नागरिक
प्रदीप खनाल सचेत नागरिक
टक गुरुङ लेखक
बिरेन्द्र अविरल तिमल्सिना लेखक
प्रतिक्रिया दिनुहोस