विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

फाइल तस्बीर

चैत ५, काठमाडौं । बिहीबारदेखि सुरू हुने एसइई परीक्षा स्थगित गरेको सरकारले विश्वविद्यालयका परीक्षा पनि स्थगित गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलका अनुसार चैत महिना हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको हो ।

‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ। हामीले सम्माननीय प्रधानमन्त्रीसँग छलफल गर्‍यौं’, उनले भने,‘जोखिम रोक्नको लागि यो निर्णय उचित हुन्छ भन्ने भयो।’

विद्यालय र विश्वविद्यालयका पठनपाठनसहित परीक्षा स्थगित कहिलेसम्म गर्ने भन्नेबारे परीक्षा बोर्ड बैठकले छलफल गरेर निर्णय गर्ने उनले बताए ।

उनले केहीबेरमा परीक्षा बोर्डको बैठक बस्ने जानकारी दिए ।

२०७६ चैत्र ५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको