दाङमा ह’त्या आरोप लागेका युवालाई अदालतले पु’र्पक्षका लागि थु’नामा पठायो


चैत ५, दाङ । बिक्किसिंह ठकुरीलाई बुधवार अदालतले पु’र्पक्षका लागि थु’नामा पठाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का रामबहादुर वलीको ह’त्यामा योजनाकारको भूमिका खेलेको भन्ने अ’भियोग खेपेका ठकुरीलाई दाङ देउखुरी ज्लिला अदालतले पु’र्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तुलसीपुर ११ बेलटाकुरा निवासी २४ बर्षीय ठकुरी मंगलवार मात्रै अदालतमा उपस्थित भएका थिए ।

गत असार २९ गते दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिली निवासी २२ वर्षीय वलीको जस्पुरको जनवहार चोकमा खाजा खाइरहेको समयमा युवाहरुको एक समुहले खु’कुरी प्र’हार गरेको थियो ।

ग’म्भीर घा’इते वलीको अ’त्यधिक र’क्तस्रा’वका कारण दुई दिनपछि भारतको लखउन लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको थियो । त्यसअघि उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र बाँकेको कोहलपुरमा उपचारको प्रयास भएको थियो ।

वलीलाई खु’करी प्र’हार गरि ह’त्या गरेको आरो’पमा घटनाको केही बेरमै प्रहरीले ६ जनालाई प’क्राउ गरेको थियो ।

प’क्राउ पर्नेमा तुलसीपुर १८ दूधरासका २२ वर्षीय सौरभ मल्ल, तुलसीपुर ६ का १९ वर्षीय शुभम् शर्मा, तुलसीपुर १२ कपडा देवीका २४ वर्षीय तेजेश पुन मगर, तुलसीपुर ११ बेलटाकुराका २२ वर्षीय रमेश केसी, सोही ठाउँका २० वर्षीय अमृत वली र सोही ठाउँका २२ बर्षीय भरत शाही रहेका थिए ।

ठकुरी वलीमाथि खु’कुरी प्र’हार हुँदा घटनास्थलमा उपस्थित थिएनन् । त्यतिबेला उनी काठमान्डौंमा थिए । प’क्राउ गरेका युवाहरुको ब’यानका आधारमा तत्कालिन विक्कीलाई मुख्य योजनाकार भएको बताएको थियो । तत्कालिन प्रहरी प्रबक्ता विनोद विक्रम शाहले पत्रकार सम्मेलनमा उक्त कुरा बताएका थिए ।

२०७६ चैत्र ५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको