चैत ५, दाङ । दाङमा एक बालिकाको पानीमा डुवेर मृ’त्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पत्खौली बस्ने शंकर चौधरीको छोरी ६ बर्षिया समिक्षा चौधरीको पानिमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।
बुधवार दिउँसो २ बजे चाउचाउ विस्कुट किन्न पसल जाने क्रममा तुलसीपुर १५ कन्जवारमा रहेको जग्गा सिंचाई गर्न बनाईएको तलाउमा खस्दा डुवेर मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डम्मर पालले जानकारी दिए ।
समिक्षा डिलवाट हिड्ने क्रममा तलाउमा खस्न पुगेपछि डुवेर मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस