कोरोनाबाट कुन रक्त समूहलाई खतरा बढी, कसलाई कम ? थाहा पाउनुस


काठमाडौं । चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले कोरोना भाइरसले रक्त समूह अनुसार प्रभाव गर्ने खुलासा गरेका छन् ।

शोधमा पत्ता लागेअनुसार रक्त समूह ए(Blood Group A) भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित गर्नसक्छ । साथै, ब्लड ग्रुप ओ (Blood Group O) भएका व्यक्तिहरुलाई संक्रमण हुन धेरै समय लाग्छ ।

चीनको वैज्ञानिकको यो अध्ययन ऊहानमा गरिएको हो । ऊहान चीनको हुबेई प्रान्तको राजधानी हो । यहाँबाटै संसारभरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको होे । यो खबर Medrxiv.org मा प्रकाशित भएको छ ।

ऊहानमा वैज्ञानिकले कोरोना भाइरसद्वार संक्रमित २,१७३ व्यक्तिमा अध्ययन गरेका हुन् । यीमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो । उनीहरु हुबेई प्रान्तका तीन अस्पतालमा भर्ना थिए ।

कोरोना भाइरसका कारण मारिएका २०६ व्यक्तिमध्ये ८५ जनाको रक्त समूह ‘ए’ थियो । अर्थात् करिब ४१.२६ प्रतिशत । जबकी ५२ जनाको रक्त समूह ‘ओ’ थियो । अर्थात्, करिब २५ प्रतिशत ।

२,१७३ व्यक्तिमध्ये रक्त समूह एक हुने व्यक्ति धेरै थिए । यीमध्ये ३२ प्रतिशतको रक्त समूह ‘ए’ थियो भने रक्त समूह ‘ओ’ भएका व्यक्तिहरु २६ प्रतिशत थिए ।

अनुसन्धाताले आफ्नो अनुसन्धानमा रक्त समूह ‘ए’ को तुलनामा रक्त समूह ‘ओ’ भएकाहरु कोरोना भाइरसले निकै ढिलो संक्रमित हुने बताएका छन् । रक्त समूह ‘ए’ भएकाहरुको नै कोरोना भाइरसका कारण धेरै मृत्यु भइरहेको छ ।

वैज्ञानिकले सार्स–सिओवी–२ (SARS-COV-2) को हमला हुँदा पनि रक्त समूह ‘ओ’ भएकाहरु कमै संक्रमित भएको जबकी अन्य रक्त समूहका व्यक्तिहरु धेरै नै प्रभावित भएका थिए ।

अहिलेसम्म यो अनुसन्धानको रिभ्यू भएको छैन तर चीन तियानजिनस्थित स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिंगदाईले यो अनुसन्धानले यो रोगको उपचार खोज्न मद्दत गर्ने बताएका छन् ।

गओ यिंगदाईले भनेका छन्, ‘यदि तपाईंको रक्त समूह ए छ भने पनि तपाईं चिन्तित हुनुपर्दैन । यसको अर्थ यो होइन कि तपाईं शत प्रतिशत कोरोनाद्वार संक्रमित भएरै छोड्नुहुनेछ । रक्त समूह ओ भएका मानिसहरु पनि लापरवाह भने नहुनुहोस् ।’

५ चैत्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको