अस्ट्रेलियामा रहेका नेपालीलाई दूतावासले गर्यो यस्तो अनुरोध [विज्ञप्तिसहित]


चैत ५ , काठमाडौं । अस्ट्रेलियामा रहेका नेप[लीहरुलाई दूतावास नआउन अस्ट्रेलियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट बच्न अस्ट्रेलियन सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेका बेला त्यहाँस्थित नेपाली राजदूतावासले १९ मार्चदेखि अत्यावश्यकबाहेकका काममा दूतावास नआउन आग्रह गरेको हो ।

दूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए हुलाकमार्फत पठाउन भनेको छ । अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सहीछाप गरिनुपर्ने कामका लागि भने नेपाली दूतावास जान सक्नेछन् । तर, त्यसका लागि सर्त लागू हुनेछ ।

क्यानबेरास्थित नेपाली राजदूतावासका अनुसार, अत्यावश्यकीय सेवा लिन आउने व्यक्तिले पहिले त्यसबारे टेलिफोनमार्फत जानकारी गराउनु पर्नेछ । यसरी जानकारी गराएका व्यक्तिले आफूमात्रै आएर बिहान १० देखि १ बजेभित्र सेवा लिनसक्ने छन् ।

‘राजदूतावास आउनुपर्ने अत्यावश्यक काम भएमा टेलिफोन सम्पर्क गरी समय लिएर मात्र अफिस खुल्ने दिन बिहान १० देखि १ बजेसम्म आउने,’ कन्सुलर सेवासम्बन्धमा दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

अत्यावश्यक अवस्थाबाहेकमा हिँड्डुल नगर्न पनि त्यहाँस्थित दूतावासले नेपालीलाई आग्रह गरेको छ ।

विश्व्यापीरुपमा फैलिरहेको कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । उक्त भाइरसका कारण हालसम्म ५ जना मानिसको ज्यान गइसकेको छ भने ४ सय ५२ संक्रमित रहेका छन् । अस्ट्रेलियामा रहेका १ नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । ती नेपालीको हाल उपचार भइरहेको दूतावासले जनाएको छ ।

हेर्नुस विज्ञप्ति 

५ चैत्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको