महरालाई संसद जाने बाटो खुल्यो


फागुन ६, काठमाडौं । बला’त्कार अभियोगमा थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई संसद जाने बाटो खुलेको छ ।

सभामुख अग्नि सापकोटाले महरा थुनामुक्त भएको जानकारी प्रतिनिधि सभा बैठकमा गराएसँगै उनलाई संसद बैठकमा सहभागि हुने बाटो खुलेको हो।

बला’त्कार अभियोगमा जे’लमा रहेका कारण उनको सांसदको हैसियत खोसिएको थियो भने उनको सेवा सुविधा स्थगित भएको थियो। महराले सोमबार काठमाडौं जिल्ला अदालतबाट बला’त्कार मु’द्दामा सफाइ पाएका थिए । महरालाई थुनामुक्त गर्न अदालतले सोमबार नै कारागारमा पत्र पठाएको थियो ।

महराले सोही सफाइ पाएको व्यहोरा सहितको पत्र संसद सचिवालयमा पठाएका हुन् । सोही पत्रको आधारमा उनको सांसदको हैसियत पुर्नबहाली गरिएको हो

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठकमा महरा थुनामुक्त भएको व्यहोरा जानकारी गराएका हुन् ।

संसद सचिवालयमै कार्यरत एक कर्मचारीको बला’त्कार अभियोगमा महराले १ सय ३ दिन थुनामा परेका थिए । उनले अभियोगपछि सभामुख पदबाट राजीनामा दिएका थिए । तर सांसद पदबाट राजीनामा दिएका थिएनन् । उनी दाङबाट निर्वाचित नेकपाका सांसद हुन् ।

महराको निलम्बन हटेसँगै उनी अब संसद बैठकमा सहभागि हुन पाउनेछन् । महराले पूर्व सभामुखको हैसियतमा प्रतिनिधि सभाको पहिलो लहरमा सिट पाउनेछन् ।

२०७६ फाल्गुन ६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको