काँग्रेसको नजरमा ओली सरकारका दुई वर्ष, गर्‍यो यस्तो समीक्षा (भिडियोसहित)


फागुन ६, काठमाडौँ । नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्ष अवधिको समीक्षा तीन मिनेटमै गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियोमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरेका हुन् ।

उनले भिडियोको सुरुमा सरकारलाई दुई वर्ष पूरा गरेकोमा बधाइ दिएका छन् । लगत्तै उनी प्रश्न गर्छन्, ‘तर जनताको बधाइ प्राप्त गर्ने गरी काम के के भए त ?’

प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षे उपलब्धिबारे संसदमा लामै फेहरिस्त सुनाएको चर्चा गर्दै उनले भिडियोमा नेकपाको चुनावी घोषणापत्रमा उल्लेखित दुई वर्षे योजना कति पूरा भए भन्नेबारे लेखाजोखा गरेका छन् ।

सन्देशमा बुँदागत रुपमा तत्कालिन एमाले र माओवादीको घोषणा पत्रमा लेखिएका कतिपय बुँदाहरु उल्लेख गरी विषयबस्तु यसरी राखिएको छ ।

एमाले र माओवादीको घोषणा पत्र भन्छः राष्ट्रब्यापी नापी गरेर भूमिसम्बन्धी सम्पुर्ण समस्या समाधान गरिनेछ (पृष्ठ १४)– तर थाँती नै रह्यो नापीको कुरो।

आधारभुत खाद्यान्नमा आत्मनिर्भर बनाइनेछ (पृष्ठ १४)– तरउत्पादन बढेन, आयात बढ्यो। बिजुलीबाट बञ्चित घरपरिवारमा विद्युत पुर्‍याइनेछ (पृष्ठ १६)– तर, यो लक्ष्यले परिणाम हासिल गरेन।

यसप्रकारका १३ बुँदा उल्लेख गर्दै कांग्रेसले सरकारले के के कमजोरी गर्‍याे भन्नेसमेत भिडियोमा उल्लेख गरेको छ।

२०७६ फाल्गुन ६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको