मेयरको विषयमा फेसबुकमा टिप्पणी गरेको भन्दै युवक पक्राउ


फागुन ६, जनकपुरधाम । बाराको महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवबारे टिप्पणी गर्दै फेसबुकमा पोस्ट गरेको भन्दै एक युवकलाई प’क्राउ गरिएको छ ।

महागढीमाई नगरपालिका १ का स्थानीय युवक दिपेन्द्र कुशावाहालाई प्रहरीले प’क्राउ गरेको हो ।

मेयर उपेन्द्र यादवले जिल्ला प्रहरी कार्यालय बारामा दिएको उजुरीको आधारमा २७ वर्षीय दिपेन्द्रलाई सोमबार प’क्राउ गरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए ।

उनका अनुसार सा’इबरअ’पराध मु’द्दा चलाउन काठमाडौं लैजानुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बारामै पक्राउ परेका दिपेन्द्रवि’रुद्ध अ’भद्र व्यवहारको मु’द्दा चलाइने छ ।

सोमबार नै महागढीमाई नगरपालिका २ बरियारपुरमा नाला निरीक्षणको क्रममा मेयरको प्रतिक्रियाको स्थानीय मुकेश कुशवाहाले भिडियो खिच्न खोज्दा उनका बुबा हरेन्द्र महतोलाई मेयर यादवले नगरपालिकामा समातेर ल्याउन लगाई गा’ली तथा कु’टपि’ट गरी आधा घण्टा शौचालयमा थुनेका थिए ।

६ फाल्गुन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको