पाल्पाली समाज दुबईको अध्यक्षमा तिमिल्सिना


फागुन ५, दुबई । पाल्पाली समाज क्षत्रीय समितीको तेस्रो अधिबेशन समपन्न भएको छ । पाल्पाली कान्छाको सभापतित्वमा बर दुबई स्थित लुम्बिनी गेस्टहाउसमा पाल्पाली समाजको अधिबेशन सम्पन्न भएको हो ।

अधिबेशनमा कृष्ण प्रसाद तिमिल्सिना निरबिरोध अध्यक्ष पदमा निर्बाचित भएका थिए भने उपाध्यक्षमा ऋतु पुन मगर, सह-उपाध्यक्ष गिरिश भण्डारी, सचिब राम चन्द्र ढकाल, कोषाध्यक्षमा जीवन बस्याल, नियुक्त हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा क्रमशः रमेश न्यौपाने, जनक भण्डारी, सागर सापकोटा, ओमबहादुर गाहा, रमेश बस्याल, गिरि प्रसाद गैरे, नारायण पान्डे, अनिल पान्डे, कृष्ण भुसाल, निमा गैरे, मिना कार्की, अम्बिका बस्याल, बसन्ती भट्टराई, रक्षा शर्मा , निर्मला तिमिल्सिना, दिपा भट्टराई नियुक्ति हुनुभएको छ ।

खजुरको बोट मुनि स्थापना भएको पाल्पाली समाज अहिले युएईको सातै इमिरेट्समा आफ्नो समाज क्षेत्रीय समितिहरु बिस्तार गरेको छ ।

अधिबेशनमा प्रमुख अथिती नेपाली समाज युएईका महासचिव तथा पुर्ब पाल्पाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालको उपस्थिती थियो ।

६ फाल्गुन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको