माघ ४, सल्यान । सल्यानको शारदा नदीमा एक महिलाको शव फेला परेको छ ।
शारदा नगरपालिका वडा नम्बर १५ सिमतराकी अन्दाजी ५८ बर्षिय लक्ष्मी रोकायको शव सोही ठाँउ स्थित शारदा नदीमा फेला परेको हो ।
माघ २ गते बिहीबार घरबाट हराएकी उनको शव शनिबार दिउँसो २ बजे तीर फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।
प्रतिक्रिया दिनुहोस