अन्नपूर्ण क्षेत्रमा हराएका ७ को अवस्था अझै अज्ञात

फाइल तस्बिर

माघ ४, काठमाडौं । सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरबाट २०० भन्दा बढी पर्यटक र गाइडहरुलाई उद्धार गरिएको छ ।

उनीहरुको उद्धारका लागि चार वटा हेलिकप्टर प्रयोग गरिएको थियो । ती दुई हिमालको आधार शिविर पुग्ने बाटो देउराली भन्ने स्थानमा हिम पहिरो जाँदा पर्यटक र गाइड फसेका थिए ।

पर्यटन विभागकी निर्देशक निरा आचार्यले वर्षा र हिमपातमा फसेकाहरुको उद्धार गरिएको जानकारी दिएन् । तर हालसम्म अन्नपुर्ण सर्किटको देउराली आसपासमा ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्कमा आउन नसकेको उनको भनाइ छ ।

सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडहरुमा सरोज परियार र छिरिङ भोटे तथा भरिया मिनबहादुर लामा रहेका छन् । कोरियाली पर्यटकहरुको नाम आइनसकेको आचार्यले बताइन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि सम्पर्कमा आउन सकेका छैनन् ।

२०७६ माघ ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको