पुलिसलाई हराउँदै आर्मी बन्यो एमएम कप क्रिकेट च्याम्पियन


माघ ४, सुनसरी । त्रिभुवन आर्मी क्लबले सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो ।

यो सँगै विजेता आर्मीले ४ लाख ५ हजार र उप विजेता पुलिसले २ लाख ५ हजारमा नगद प्राप्त गरेका छन् । १ सय ८५ रनको विजयी लक्ष्य पक्ष्याएको पुलिस २४.४ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो ।

त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी ४८.५ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटिएको थियो ।

२०७६ माघ ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको