सुनको मूल्य घट्यो


असोज १, काठमाडौँ । बिहीबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

यस दिन चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यस दिन चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको थियो ।

१ आश्विन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको