असोज १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् ।
सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सह-सचिव हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोति गरेकी हुन् । प्रवक्ता दाहालका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतम मनोनित भएका हुन् ।
राष्ट्रियसभा सचिवालयका अनुसार गौतमको शपथ बिहीबार नै हुनेछ। नेता गौतमको निजी सचिवालयलेसमेत शपथका लागि तयारी अवस्थामा रहन भर्खरै खबर आएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस