अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

फाइल तस्बिर

असोज १, काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार थप १ हजार १५१ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १ हजार ३४८ पुगेको हो ।

यस्तै बिहीबार थप ४० हजार १५४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६८ लाख २८ हजार ३०१ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४१ लाख १९ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍७ हजार ७९५ जनामध्ये १४ हजार १५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

२०७७ आश्विन १,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको