असोज १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।
ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज विहान ४:३० वजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ ।
पहिरो खस्न रोकीए संगै बिहानै बाट सडक सफा गरिने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् ।
बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेबाट सडक एकतर्फी सञ्चालनमा ल्याईएको थियो । सो सडकमा सोमबार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ । -रासस
प्रतिक्रिया दिनुहोस