आजबाट लामो दुरीको यातायात सञ्चालनमा आउँदै


असोज १, काठमाडौँ । आजदेखि सरकारले ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन खुल्ने भएका छन् ।

मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ । गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ ।

यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।

१ आश्विन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको