आज देशभरका सबै अदालतमा बिदा


असोज १, काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको बुधबार बसेको आकश्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरे अनुसार बिहीबार सबै अदालतमा काम हुने छैन ।

सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायीक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सप्तरी जिल्लामा १९७६ सालमा जन्मनुभएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थियो । वि.सं २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सिंहले सेवा प्रारम्भ सुरु गरेका थिए ।

 

२०७७ आश्विन १,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको