नेकपा सचिवालय बैठक आज बस्दै


भदौ १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ । बैठक अहिले बिहान ९ बजेका लागि बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ । यसअघि सचिवालयकै केही सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा देखापरेको समस्या समाधान तथा देशको समसामयिक राजनीतिक विषयमा सचिवालय बैठकमा छलफल गरिनेछ ।

१ भाद्र २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको