नेकपाको सचिवालय बैठक शनिबार बस्ने


साउन २, काठमाडौं । पाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्ने भएको छ । स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरेको सो पार्टीले शनिबार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको थियो ।

सचिवालय बैठक शनिबार ३ बजेका लागि बोलाइएको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद मिलाउन अध्यक्षद्वय निरन्तर छलफलमा रहेका छन् । तर ठोस सहमति भने जुट्न सकेको छैन् ।

२ श्रावण २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको