आमा म अरब जान्छु…..
घरको जिम्मेवारी कर्तब्य अनि
आफ्नै सपना किन्न म त अरब जान्छु
ती अनगिन्ती सपना र जिम्मेवारीहरुको पहाड सङ्गै
थोत्रा कपडा बोकेको म जान्छु
म मिडिल क्लास परिवारको हो म अरब जान्छु
असिमित चाहाना, सपना हजुरको
ममताको सागरमा डुबेको म
हजुर सङ्गै बस्न त मन थियो नि आमा,
ती चाहना किन्न म अरब जान्छु ..
हजुरले हुर्काएको छोरो
हजुरकै बुढेसकालको साहरा म
आँशुले सिरानी नभिजाए है आमा
माया र ममताको मूल्य चुकाउन
आमा म अरब जान्छु…
७२ सालको भुकम्पले भत्काएको त्यो
घर गारो टाल्न म अरब जान्छु ।
चुहिने घरको छानो टाल्न, टलक्कै टल्किने
टिनको छानो टल्काउन म अरब जान्छु ।
धुमधामले बैनीको बिहे गर्दिनु छ,
बाबाको जिम्मेवारी आफ्नै काधम राखी
बैनीलाई पराई घर पठाउनु छ ..
आमा बैनीको बिहेमा नौमती बाजा बजाउन
म अरब जान्छु ।
साहुले लगेको लाल पुर्जा र गैरि खेत फर्काउन,
म अरब जान्छु,
आमा नाती नातिनालाई राम्रो स्कुल पढाउने धोको फेर्नु छ
आफ्नो सपना आफ्नै सन्तानबाट पूरा गराउनु छ,
जताततै टालेको बलाउज फेर्नु छ ।
एउटा साडी तीन टुक्रा पारेर लागाएको फेर्नुछ
बर्षौ पुरानो मजेत्रो नि फेर्नु छ ..
तिम्रो त्यो पुरानो तिन टुक्रा पटुकी जोडेर गास्नु छ ..
ती चिरा परेर फुटेका हात खुट्टामा नरम र मुलायन
मलम लगाई चिल्ला हात खुट्टा बनाउनु छु ।
आँखामा आँसु खुसिले भर्नु छ ..
पोहोर साल दिदिको बिहेमा लागेको रिन तिर्नु छ
दिनहु आउने मुखिया बाको मुखमा पैसाले बुझो टाल्न,
जता ततै चुहिने घर ती साना साना भाडा थापेर
सुत्ने तिमी अनि म, बार्दलीसङ्गको घर बनाई सबैलाई देखाउनु छ ।
त्यो पधेरोसम्म लिन जाने पानीलाई
मेरै घरको आगनमा ल्याउनु छ,
सधै एउटै साडि लगाएर माईत जाने तिमिलाई नयाँ साडी र गहना लगाएर माईत पठाउनु छ
त्यसैले आमा म अरब जान्छु,
माथिला घरे आन्टिले हामिलाई गरिब भन्थिन
साईला काकाले हामीलाई हरिब भन्थिए ..
हो आमा हो तिनै अन्टि र काकालाई
गरिब र हरिप बिचको अन्तर बुझाउनु छ,
त्यसैले आमा म अरब जान्छु ।
ती डाडा-पाखाका खेतमा गहुँ मकै छर्नुपर्दैन
अब त्यो मुख्या बाको खेत अढिया गर्नु पर्दैन्न
साइली काकीका बाख्रा भैंसी अढिया पाल्नु पर्दैन्न
अरुले दिएको साडि लगाउनु पर्दैन्न
माईत जादा खाली हात जानू पर्दैन
धान खानी खेत बन्धक फिर्ता गर्नुछ ..
बाबाको नाममा ठुलै पुजा गर्नुछ
तिम्रै नाममा मन्दिरमा दान दिनु छ ..
त्यसैले आमा म अरब जान्छु ..
सधै त्यस्तै रहेत
हामीलाई सबैले गिज्याउलान
धेरै दुधदिने भैंसी गोठमा हाल्न पाए
तिमिले नि घाँटी भिजाउलेउ .
बैनी पनि त गतिलै स्कुल र कलेजमा पढाउलाउ
यो पूरा सपनाको संसार
बिपना बनाउनुछ
मेरो परिवारको भबिष्य उज्ज्वल बनाउनुछ
आमा म अरब जान्छु खर्ब ल्याउँछु
तिम्रा आँखामा पानी हुँदै
म अरब गइ खर्ब ल्याउछु ।
अर्जुन सापकोटा ‘जगल्टु’
२६/0६/२०२०
चितवन,
हाल: युएई
प्रतिक्रिया दिनुहोस