नेपाल फिर्ताको सहजीकरण कहिले हुने ?


भवानी लिम्बु, युएई | कोभिड-१९ को कारणले अहिले वैदेशिक रोजगारमा रहने धेरै नेपालीहरुलाई समास्या थपिएको छ । कामको खोजी गर्नेहरुले काम पाएको छैन्न, काम नपाए संगै दैनिक जीवन गुजारा गर्नुलाई समस्या हुने नै भयो । काम हुने तर अहिलेको अबस्थाले कम्पनी बन्द भएर रोजगार गुमाउनेहरुको समस्या पनि उस्तै छ । केही बेतली बिदामा बस्नु बाध्य छौ भने धेरैले घर फिराउने सुचना पाएका छौ ।

समस्या पर्नेहरुको बाकी विकल्प भनेको घर फिर्नु नै हो तर नेपाल सरकारले उदारको लागि चाटर गरेको हवाई जहाज टिकट प्राप्त गर्नु युद्ध जित हासिल गर्नु जस्तै भएको छ । टिकट प्राप्त गर्ने गर्नु नसक्ने मित्रहरूको गुनासो सुन्दा ज-जसले टिकट पाएर घर पुगि सक्नु भयो । उहाँहरु निकै भाग्यमानी ठान्नु पर्दछ ।

युएईमा समस्या पर्नेहरुलाई आर्थिक समस्या सबैभन्दा मुख्य समस्या हो । साथै स्थानीय कानुनलाई परिवर्तन गर्ने शैली हेर्दा एक पल्ट प्रकासित सुचना लामो समय सम्म रहनु सक्दैन । जस्तै : सुरुमा जुनै प्रकार भिजाको माध्य सकिए पनि डिसेम्बर अन्तिम सम्म बस्नु पाउने सुचाना (नियम) जारी गरिएको थियो तर अहिले परिवर्तन गरिएको छ । नियम परिवर्तन सगै भिजाको म्याद सकिन्ने ब्यक्तीहरुले तोकिएको समय नया ब्याबस्था गर्नु नसकेको अबस्थामा तोकिएको जरिवाना तिर्नै पर्ने हुन्छ । अहिलेको अबस्थामा तोकिएको ब्याबस्थालाई आधार मानेर आशाबादी बन्नु भन्दा रोजगार बजारको खस्किन्दो अवस्था हेर्दा आफनो मुलुक फिर्न नै उतम हुने द्व्खिन्छ तर चाटर गरिएको जहाजको टिकट पाउने अबस्था छैन ।

हवाई जहाज टिकटको नपाउदाको अनुभव : एक जना मित्र भिजिट भिजा आएर समास्या पर्नु भएको थियो । उहाँ घर फिर्नको लागि युएई स्थित नेपाली राजदुतावासले सुरु गरेको प्रक्रिया अनुसार नाम प्रकाशित गरियो तर नाम निस्केको २ घन्टा नपुगी सबै टिकेटहरु बूक भएको जानकारी ट्राभलहरुले दिए, यहि समयमा धेरै जना सग बुझ्ने क्रम युएईमा उदार कार्य अघ्रपक्ती काम गर्नु हुने दाई सग सोधे, उहाँको मीठो मुस्कानमा पीडा सहित उतर पाए । के गर्छौ भाई तिम्रो जिल्लाको मान्छे पर्यटन मन्त्री हुनुहुन्छ । मैले कम मुल्यको जहाजको टिकटक कोटेसन लिएर सम्बन्धि निकायलाई जानकारी दिन्दा प्रचलित बिचौलियाले गर्दा होला । मेरो प्रस्ताव काम लागेन । बल्लतल्ल नेपालबाट आन्तरिक स्रोतलाई सदुपयोग गर्दै टिकट प्राप्त भयो । टिकट प्राप्त गर्नु सगै केही सिटहरु सम्बन्धि देशका दूतावासले होल्ड गर्ने जानकारी पनि प्राप्त भयो ।

नेपाल सरकारले योजना बनाउदा वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई पनि मुख्य श्रोतको रुपमा लिन्छ तर त्यही रेमिट्यान्स पठाउने व्यक्ती समास्या पर्दा सरकार उचित पहल गर्नु सक्दैन । त्यही रेमिट्यान्स पठाउने ब्यक्तीलाई समाजबाट तिरस्कार गरिन्छ । बिदेशीबाट फिर्नेहरुलाई घृणा गर्ने ब्यक्तीहरु यति त सोची दिनु पर्यो, कर्मचारी तलब देखि स्कुल, अस्पताल, यातायात, होटलब्यावसाय आदिमा अप्रत्यक्ष योगदान पुगेछ ।

अन्त्यमा
बिदेशबाट घर फिर्दा त्रसित हुने समाज र समाजवादको नारा लिएर रेमिट्यान्सलाई स्रोत मानेर बजेट बनाउने सरकारले बिना सकोच प्रबासमा समास्या पर्ने आफ्नो दिदी-बहिनी/दाजु-भाई/जनतालाई ममता पुर्बक जन्मभुमी फिर्नु देउ । यदि आफ्नो भुमिमा संक्रमित भएर मृत्यु भए पनि उस्कै बारीमा पुरेर चिहान माथी एक बोट कागती रोपि देउ । भविस्य रेमिटान्स नआए पनि कागतीको फलले केही आर्थिक स्वास्थ/आर्थिक पार्टोलाई सहयोग गर्ने छ ।

२ श्रावण २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको