यस्तो छ विश्वमा कोरोना संक्रमणको पछिल्लो अवस्था


असार ३, काठमाडौं | विश्वभर कोरोना संक्रमितको कुल संख्या ८२ लाख ८३ हजार २४९ पुगेको छ |

विश्वव्यापी माहामारीको रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म विश्वभर ४ लाख ४६ हजार ५३७ जनाले ज्यान गुमाइसकेका छन् |

भने कुल संक्रमितमध्ये ४३ लाख ३८ हजार ११५ स्वास्थ्योपचारपछि निको भएर घर फर्किएका छन् | वल्डोमिटरको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ३२ हजार २५ जना नयाँ संक्रमित थपिएका छन् भने यो अवधिमा १ हजार ३४९ जनाले ज्यान गुमाइसकेका छन् |

हाल विश्वभर ३४ लाख ९८ हजार ५९७ संक्रमित उपचाररत छन् | जसमध्ये ५४ हजार ६०६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकमा छ | कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ | अमेरिकामा मात्रै २२ लाख ८ हजार ४८६ जना संक्रमित रहेका छन् | जसमध्ये १ लाख १९ हजार १३३ जनाले ज्यान गुमाइसकेका छन् |

अमेरिकापछि ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन, इटाली, पेरु लागायत देशहरु यसबाट बढी प्रभावित बनेको छ | गत डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको उक्त प्रकोप हालसम्म विश्वका २ सयभन्दा बढी देशमा फैलिसकेको छ |

३ असार २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको