नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या २० पुग्यो


असार ३, बाँके :नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ | असार १ गते मृत्यु भएकी बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् । यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

३ असार २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको