बैशाख ५, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण परीक्षण देशभरका दुई जिल्ला बाहेक ७५ जिल्लामा सुरु भएको छ ।
सोलुखुम्बु र डोल्पा बाहेकका सबै जिल्लामा र्यापिड टेस्ट सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ४८ सय २२ वटा नमुना परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा थप कोरोना संक्रमित नभेटिएको पनि स्पष्ट पारिएको छ ।
हालसम्म २४ हजार २५३ जनाको परीक्षण गरिएको छ। जसमा ७ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण भएको हो भने १६ हजार ५ सय ६५ जनाको र्यापिड टेस्ट गरिएको प्रवक्ता डा. देवकोटाले जनाए ।
प्रतिक्रिया दिनुहोस