प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय समन्वय समितिका सदस्यलाई


वैशाख ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसहित कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यलाई बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले समिति सदस्यहरूलाई दिउँसो ४ बजे बालुवाटार बोलाएका हुन्।

बालुवाटार जानुअघि केहीबेरअघि सिंहदरबारमा उक्त समितिको बैठक बसेको थियो । लकडाउनमा घर जान खोज्ने नागरिकहरू अलपत्र परेको विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेको बुझिएको छ ।

सयौं किलोमिटर टाढा पैदल जान लागेका नागरिकको उद्धार र व्यवस्थापन गर्न सरकारलाई चौतर्फी दबाब छ ।

२०७७ बैशाख ५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको