बिष्टको चिट्ठी रोल्पाली नेताहरुलाई


सम्मानिय रोल्पाली नेता ज्युहरु !

लकडाउनको आज २५औँ दिन तपाईहरुलाई यो लकडाउनले कुनै प्रभाव पारेको छैन । तपाईहरु संग पैसा छ, घर छ, पावर छ, सब छ ।

तर जसोतसो चाउचाउ र पानी खाएर भए पनि आफू र आफ्नो परिवार पालिरहेका उपत्यका र उपत्यका बाहिर काम गरेर जिविका चलाउने रोल्पाली मजदुर बर्गहरुका निमित्त नत सरकार रहेछ नत तपाइहरु।

ती इमानदार स्वाभिमानी रोल्पालि जनताहरुको ढाडमा टेकेर सांसद भवनमा कालो कोट ट्ल्काउन पाउनु भएको कुरा कति चाडैं भुल्नु भयो।

भोलि पनि त ती जनताहरु चाहिएलान ।

सुन्नुभएकै होला आज खान र बस्ने बाँस नहुदा घर जानाका निमित्त बाटोमा भौतारी रहदा बाटोमा पुलिसले लाठी हान्छन । बाटोबाट फर्काइन्छ तर कहाँ जाने के खाने त्यसैले पुलिसकै आँखा छलेर भए पनि आफ्नो जन्म ठलो रोल्पा आउनका निमित्त सयौं किलोमिटर हिडिरहेका छन् ।

तपाईहरुले चाहेको अबस्थामा उद्दार गर्न सक्नुहुन्छ उचित व्यबस्था गर्न सक्नुहुन्छ । अझै केही बित्तिएको छैन कोरोनाले भन्दा भोकले मर्न लागिरहेका रोल्पाली जनतालाई घर सम्म पुराउनुहुनेछ या केही ब्यवस्था गर्नुहुने छ भन्ने पुर्ण आशा लिएको छु ।

(केशव बिस्ट नेविसंघ रोल्पा क्षेत्र नं १ का सभापति हुन् )

५ बैशाख २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको