कमाएको पैसा सकिएपछि सल्यानकी गर्भवती महिला काठमाडाैंबाट हिडेर आउदै


बैशाख ५, सल्यान । इँटाभट्टामा काम गर्दा कमाएको पैसा र अलिअलि भएको रासन सकिएपछि सल्यानकी एक गर्भवती महिला काठमाडाैंबाट सल्यानका लागि पैदल हिड्न बाध्ये भएकी छन् ।

सल्यान कपुरकोटकी १७ वर्षीया गर्भवती कमला घर्ती बिहीबार काठममाडाैंकाे नागढुंगा चेकपोस्ट हिडेर क्रस गरेकाे समाचार कान्तिपुर दैनिकले छापेकाे छ ।

कान्तिपुरले उनकाे विषयमा विषेश समाचार समेत बनाएकाे छ । कान्तिपुरले लेखेअनुसार इँटाभट्टामा काम गर्दा कमाएको पैसा र अलिअलि भएको रासन ‘लकडाउन’ को २४ औं दिनमा आइपुग्दासम्म सकिएपछि उनीसँग जसरी भए पनि घर फर्किनुको अर्काे विकल्प थिएन।

‘पेटमा बच्चा छ, साहुले रासन पनि दिएन,’ कमलाले भनिन्, ‘जसोतसो घर पुग्न पाए हुन्थ्यो भनेर निस्किएका हौं।’ कमलाका श्रीमान सहितको टोली भने एक घण्टाअघि नै त्यहाँबाट हिँडिसकेको रहेछ। कमलाहरूचाहिँ काठमाडौंमा मालसामान छाडेर फर्किएका ट्रकले चढ्न देलान् कि भनेर पर्खिबसेका रहेछन्। ‘हिँड्न सकिएन, हाम्रो बिजोग भयो, जसरी पनि लगिदिनुस् भनेपछि दया देखाउँछन् कि भनेर कुरेका हौं,’ कमलासँगै रित्तो ट्रक पर्खेर बसेकी कपुरकोटकै प्रतिभा बुढाले भनिन्।

५ बैशाख २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको