बैशाख ५, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले लकडाउनबाट उत्पन्न समस्याका कारण पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन भन्दै प्रश्न गरेको छ। शुक्रबार विहानी काँग्रेस प्रवक्र्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी कोरानाले बच्ने, भोकले मर्ने भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीले देशबासीको नाममा गरिको सम्बोधनप्रति कटाक्ष गर्दै उलले भने, ‘निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन । तर कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन ।’
आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति नभएर सयौं किलोमिटर पैदल हिंडेर नागरिक घर गइरहेको शर्माले बताए ।
विज्ञप्तिमा भनिएको छ , ‘यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो । ७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पु¥याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु-याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ ।’
गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको काँग्रेसको ठहर छ ।
‘तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं, अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?,’ शर्माको प्रश्न छ ।
सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको काँग्रेसको चेतावनी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु प-यो सरकार । सुनिन्छ भने सुन्नु प-यो । बुझिन्छ भने बुझ्नु प¥यो । गम्भीर परिस्थितिको गहिरो समिक्षा गर्दै उच्च ब्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, संकटमा साथ रहेको प्रतिपक्षी दल सरकारलाई सचेत गराउँदछ ।’
प्रतिक्रिया दिनुहोस