दाङमा ह’त्या अभियोग लागेका युवाले गरे अदालतमा आ’त्मसमर्पण


चैत ४, दाङ । तुलसीपुरका एक युवा रामबहादुर वलीको ह’त्यामा योजनाकारको भूमिका खेलेको भन्ने अभियोग खेपेका बिक्किसिंह ठकुरी अदालतमा आ’त्मसमर्पण गरेका छन् ।

ठकुरी दाङ देउखुरी ज्लिला अदालतमा मंगलवार अदालतमा आ’त्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङका एक प्रहरी अधिकारीले त्यसको पुष्टि गरेका हुन । ‘आज विक्की अदालतमा उपस्थित भएको भन्ने छ,’ ती अधिकारीले भने ‘उनको मु’द्दा आज हेर्न भ्याइएन भन्ने छ । त्यसैले आज उनी थुनामा छन् र भोलि फेरि अदालतमा उपस्थित गराइन्छ।’

अदालतमा मंगलवार वयान नसिद्धिएका कारण बुधवार फेरि अदालतमा उपस्थित गराइने भएको छ । एक अधिबक्ताका अनुसार बुधवार नै अदालतमा थुनछेक बहस हुने छ । ‘विक्कीलाई थुनामा राख्ने आदेश दिन्छ कि, धरौटीमा छोड्न भन्छ ? त्यो कुरा भोलि मात्रै थाहाँ हुनेछ,’ ती अधिबक्ताले भने ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा निवासी २४ बर्षीय ठकुरी घटना भएको झन्डै ८ महिनापछि पहिलो पटक मंगलवार आफ्ना कानुन व्यवसायी मार्फत अदालत समक्ष उपस्थित भएका हुन ।

गत असार २९ गते दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिली निवासी २२ वर्षीय वलीको जस्पुरको जनवहार चोकमा खाजा खाइरहेको समयमा युवाहरुको एम समुहले खु’कुरी प्र’हार गरेको थियो ।

ग’म्भीर घा’इते वलीको अत्यधिक रक्तस्रावका कारण दुई दिनपछि भारतको लखउन लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको थियो । त्यसअघि उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र बाँकेको कोहलपुरमा उपचारको प्रयास भएको थियो ।

वलीलाई खुकरी प्र’हार गरि ह’त्या गरेको आरोपमा घटनाको केही बेरमै प्रहरीले ६ जनालाई प’क्राउ गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा तुलसीपुर १८ दूधरासका २२ वर्षीय सौरभ मल्ल, तुलसीपुर ६ का १९ वर्षीय शुभम् शर्मा, तुलसीपुर १२ कपडा देवीका २४ वर्षीय तेजेश पुन मगर, तुलसीपुर ११ बेलटाकुराका २२ वर्षीय रमेश केसी, सोही ठाउँका २० वर्षीय अमृत वली र सोही ठाउँका २२ बर्षीय भरत शाहीलाई प’क्राउ गरेको थियो ।

मंगलवार अदालत समक्ष आफैं उपस्थित भएका विक्की भने उक्त दिन खु’कुरी प्र’हार गर्दा उपस्थित थिएनन् । त्यतिबेला उनी राजधानीमा थिए । प’क्राउ गरेका युवाहरुको बयानका आधारमा विक्कीलाई मुख्य योजनाकार भएको बताएको थियो । तत्कालिन प्रहरी प्रबक्ता विनोद विक्रम शाहले पत्रकार सम्मेलनमा उक्त कुरा बताएका थिए ।

२०७६ चैत्र ४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको