चैत ४, काठमाडौं । नेपाल एयरलाइन्सले मलेसिया उडान तत्कालका लागि स्थगित गर्ने भएको छ ।
नेपाल एयरलाइन्सले दैनिक उडान गर्दै आएपनि बुधारबाट सबै उडान तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
निगमले मंगलबारको उडानलाई नै मलेसियाको अन्तिम उडान भएको बताएको छ । कामदारको श्रम स्वीकृत बन्द भएसँगै निगमले मलेसिया उडानमा यात्रु पाउन छोडेको थियो ।
त्योसँगै मलेसियाले १४ दिन प्रतिबन्धको घोषाण गरेसँगै नेपाल एयरलाइन्सले तत्काल उडान स्थगित गर्ने निर्णय गरेको हो ।
निगमले यसअघि कतारको उडान पनि स्थगितको निर्णय गरेको थियो भने दैनिक दूईवटा उडान गर्दै आएको दिल्ली उडान पनि एउटामा झारेको थियो । साथै नेपाल एयरलाइन्सले बैंग्लोर, मुम्बई र थाइल्यान्डको उडान पनि कटौती गरिसककेको छ ।
अब नेपाल एयरलाइन्सको उडान दुबई, जापान र दिल्लीमा मात्रै सीमित भएको छ । नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडान गर्ने दूई वटा ए-३३० वाइडबडी र २ वटा एयबर ए-३२० जहाज छन् ।
प्रतिक्रिया दिनुहोस