रोल्पा माडी गाउँपालिकामा प्रथम अध्यक्ष कप तथा शैक्षिक मेला लाग्ने


फाल्गुन, ५ रोल्पा । रोल्पा माडी गाउँपालिमा प्रथम अध्यक्ष कप तथा शैक्षिक मेला लाग्ने भएको छ । माडी गाउँपालि रोल्पाको आयोजनामा यहि आउदो १३ गते देखि सुरु हुने मेला १६ गतेसम्म लाग्ने छ । ४ दिन सम्म लाग्ने मेलामा विभिन्न प्रतियोगिताहरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा उर्जा तथा जलस्रोत मन्त्रि बर्षमान पुन अनन्तको प्रमुख आतिथ्यता रहने छ ।

खेल प्रतियोगिताहरुमा पुरुष-महिला भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, १५ सय मिटर दौड प्रतियोगिताहरु हुने छन ।

पुरुष भलिबल गाउँपालिका स्तरीय हुनेछ भने १ लाख नगर पुरस्कारको ब्यबस्था गरिएको छ । त्यसैगरि अन्य खेलकुद प्रतियोगिताहरुमा पनि आकर्षक पुरस्कारको ब्यबस्था गरिएको छ ।

शैक्षिक कार्यक्रम तर्फ हाजिरीजवाफ, गजल लगायतका प्रतियोगिताहरु हुने भएको छ । महोत्सवमा शिक्षक बिद्यार्थीद्वारा निर्मित शैक्षिक सामाग्रीको स्थलगत प्रदर्शन गरिने छ ।

सास्कृतिक कार्यक्रम

महोत्सब कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । कलाकारहरु शान्तिश्री परियार, मोहित श्रेष्ठ, झंकार बुढा, नबिन खड्का, प्रीति आले, शनि बिस्वकर्मा, खबपु चंचल मगर, बिरेन्द्र खड्का, लक्ष्मी बुढा मगर, फुलमाया केसी, लोकेन्द्र सेन, हरिशचन्द्र बुढा मगर, मदन बुढा मगर, चमेली राना मगर, निशा घर्ति मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रम नजिकिदै गर्दा तयारि तिब्र थालिएको कार्यक्रमका मुल आयोजक समिति संयोजक भरत बहादुर बुढा मगर ‘बसन्त’ले बताए ।

कार्यक्रम स्थान माडी गाउँपालिका -२ वालु स्मृति खेल मैदान घर्तीगाउँमा हुने भएको छ ।

२०७६ फाल्गुन ५,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको