राष्ट्रिय लोक तथा दोहोरी ब्यवसायी संघको दोश्रो अधिबेशन सम्पन्न


फाल्गुन ५, काठमान्डौ । राष्ट्रिय लोक तथा दोहोरी ब्याबसायी संघको दोश्रो अधिबेशन सम्पन्न भएको छ । दोहोरी साझहरुको छाता संगठन रहेको उक्त सस्था २०५९ मा स्थापना गरिएको हो । आइतबार सम्पन्न अधिबेशनलाई पुर्व रक्षामन्त्री तथा संघीय प्रतिनिधि सदस्य भिमसेन दास प्रधानले उद्घाटन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष चुडा बहादुर कार्कीको सभापतित्व मा भएको थियो भने कार्यक्रम संचालन महासचिब प्रेम श्रेष्ठ गरेका थिए। महानगरीय प्रहरी महाराजगन्जका प्रमुख उमेश लम्साल, बडा न ६ का वडा अध्यक्ष खेम राज तिवारी, टोल सुधार समिती, नयाँ बसपार्कका प्रहरी प्रमुख सन्तोस कुमार दाहाल लगायत समाजका प्रतिस्ठित ब्यक्तित्वहरुको उपस्थित रहेको थियो । कार्यक्रममा आफ्ना भनाई राख्दै महाराजगन्ज प्रमुख डिसपि उमेश लम्सालले यति सम्मानित काम हुदाहुँदै पनि समाजले अलि पचाउन गार्‍हो भएकोमा चिन्ता ब्यक्त गरे ।

अब यो क्षेत्रलाई हेर्न नजिर तोड्न र त्यही अनुसार काम गर्न आग्रह पनि गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व मन्त्री भिमसेन दास प्रधानले आफ्नो बयस्क अवस्थाको कुरा कोट्यौदै आफू गीत संगीतको पारखी भएको जानकारी गराए । केही गीतका हरफहरु समेत गुनगुनाएका प्रधानले अब गीत संगीतको हक हितको लागि छिट्टै विधेएक पास गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रम का सभापति चुडा बहादुर कार्कीले अधिबेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । कार्यक्रम मा विभिन्न सास्कृतिक प्रस्तुती पनि रहेको थियो

अधिबेशनले रिम केसिको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा दलमान गुरुङ उपाध्यक्षहरुमा शंकर गुरागाई प्रकाश कटुवाल दिपसागर थापा माया गुरुङ चयन भएका थिए। महासचीवमा गुणराज खनालले बाजि मारे भने सचिबमा भिम श्रेष्ठ निर्बिरोध सचिब भए ।

कोषाध्यक्ष मा नबराज पाण्डे शिव जि पौडेल सह कोषाध्यक्षमा निर्वाचित भए । सदस्यहरुमा दिलु सलामी निरा गुरुङ मगर नवीन बानिया कमल घिमिरे चरित्र बिस्ट निर्बिरोध चयन भए ।

५ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको