जेलबाट छुटेपछि महराले निकाले यस्तो विज्ञप्ति [विज्ञप्तिसहित]


फागुन ५, काठमाडौं । पूर्वसभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर महराले जे’लबाट छुटेपछि स्वाधिनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहने बताएका छन् ।

जे’लबाट छुटेलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै महराले भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधै थियो, छ र रहिरहनेछ ।’

पूर्वसभामुख महराले नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र रहिरहने विश्वास पनि व्यक्त गरेका छन् । विज्ञप्तिमा महराले जे’लबाट छुट्दाका दिनसम्म सहयोग गर्ने सबैप्रति धन्यवाद तथा आधार व्यक्त पनि गरेका छन् ।

यस्तो छ प्रेस विज्ञप्तिको पूर्णपाठ

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, अन्ततः ममाथि लगाइएको आ’रोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यसक्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनैतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

म ३० दिन प्रहरी हि’रासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आ’रोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्र’हरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधै थियो, छ र रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र रहिरहनेछ ।

कृष्ण बहादुर महरा
प्रतिनिधिसभा सदस्य, दाङ– २
मिति २०७६ फागुन ५ गते

५ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको