महरा कारागारबाट छुट्दा लाग्यो नारा ‘एमसिसी मुर्दावाद’


फागुन ५, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा उनको स्वागतमा पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले एमसिसीवि’रुद्ध नारा लगाएका छन्।

सोमबार अपरान्ह महरा कारागारबाट छुटेपछि कार्यकर्ताले ‘एमसिसी मुर्दावाद’ भन्दै नारा लगाए । महरा सभामुख भएका बेला एमसिसी परियोजना संसदबाट अघि बढाएका थिएनन् ।

‘अमेरिकी ग्राण्ड डिजाइन‘मा महरामाथि ‘रोशनी का’ण्ड’ लगाइएको उनका समर्थकहरूले दाबी गर्दै आएका थिए । एमसिसीलाई पारित गर्ने/नगर्नेबारे अहिले पनि नेकपाभित्र विवाद छ । एमसिसीबारे अध्ययन गर्न नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको छ।

गत असोजमा संसद सचिवालयमा कार्यरत कर्मचारीलाई ब’ला’त्का’र गरेको अभियोगमा महरामाथि काठमाडौं जिल्ला अदालतमा मु’द्दा दायर भएको थियो।

महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको छ । महराले पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

५ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको