फागुन ५, काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महरा ब’लात्कार उद्योग मु’द्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएपछि डिल्लीबजार कारागारबाट छुटेका छन् ।
महराका शुभचिन्तकहरु फूलमाला तथा खादा लिएर कारगार पुगेका थिए । उनको रिहाईको खबर पाएपछि डिल्लीबजार कारागार गेट बाहिर शुभ चिन्तक तथा पत्रकारहरुको भिड लागेको थियो ।
काठमान्डौ जिल्ला अदालतबाट डील्ली बजार कारागार पुगेका महरालाई अदालतको बाहिरि गेटबाट पत्रकारहरुलाई भित्र छिर्न प्रसासनले रोक लगाएको थियो । केहि पत्रकारहरु भित्र जान पाएपनि धेरै पत्रकारलाइ रोक लगाइएको थियो ।
उनलाई स्वागत तथा बधाई दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ताहरु फूलमाला तथा खादा लिएर त्यहाँ पुगेका थिए । तर उनीहरुले फूलमाला तथा खादा ग्रहण गराउन पाएनन ।
गेट भित्र सिमित व्यक्तिहरुबीच महराको लागि स्वागत तथा बधाई कार्यक्रम भएको थियो । गेट बाहिर हुने शुभचिन्तकहरुले भने स्वागत तथा बधाई कार्यक्रम दिन पाएका थिएनन ।
महराले कारागार बसुन्जेल सहज भएको बताउदै कारागार ब्यबस्थापनलाई धन्यबाद दिए, उनले भने ‘जेल मलाइ घर जस्तै लाग्यो, यहाँहरु सबैलाई धन्यबाद ।’
कैदीहरुले जेल भित्रै बिदाइ गरे
रेशम चौधरीले बधाई छ महरा सर भन्दै खादा ओढाई दिए । कारगारमा बस्ने जेलर अरुण पोख्रेलले महरालाई भेटेर बधाई तथा धन्यबाद दिएका थिए ।
डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए ।
जेलभित्रका सबै कैदीहरु जम्मा भएर कारागारबाट निस्कदै गरेका महरालाई बिदाइ गर्न आधा घण्टा लागेको थियो ।
कृष्ण महरालाई जेलबाट कान्छा छोरा निर्मल महराले बुझेका थिए । महरा डिल्लीबजारको कारागारबाट करिव ४ बजे निस्किएका थिए । उनि गेट बाहिर निस्कदा अमेरिकी एमसीसी मु’र्दाबाद भन्दै नाराहरु लागेको थियो । प्रहरी प्रसासनको स्कटिङ्गमा महरालाई भिडबाट पास गरिएको थियो ।
जिल्ला अदालत काठमान्डौ देखि डिल्ली बजार कारगारसम्म [भिडियो]
हेर्नुहोस फोटो दृश्यहरु
प्रतिक्रिया दिनुहोस