फागुन ५, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् ।
संसद सचिवालयकी एक कर्मचारीलाई ब’लात्कार प्रयास गरेको आरोपमा मु’द्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले अ’भियोग दाबी नपुग्ने भन्दै उनलाई नि’र्दोष ठहर हो । अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियो । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
महराले संसद सचिवालयकी एक कर्मचारीलाई दु’र्व्यव’हार गरेको समाचार बाहिरीएपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते प’क्राउ परेका थिए ।
जेलबाट निक्लदै महरा (फोटो फिचर)
प्रतिक्रिया दिनुहोस