काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउन सुरु, प्रधानमन्त्रीले गरे शुभारम्भ


फागुन ५, काठमाडौं । नेपालमै पहिलो पटक बिजुलीका तार भुमिगत गर्ने कार्यक्रमको महाराजगंजबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भुमिगत गर्न थालेको अभियानको औपचारिक उद्घाटन प्रधामन्त्री केपी शर्मा ओलीले गरेपछि पहिलो चरणमा आजदेखि आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तार जमिन मुनि बिछ्याउने कार्यक्रमको औपचारीक शुरुवात हुने छ।

प्रधानमन्त्रीले शुभारम्भ गरेसंगै कामले गति लिनेछ र अहिलेजस्तो विद्युत वितरण लथालिङ्ग हुने छैन, भूमिगत भएपछी सडकमा तार देख्नुपर्ने छैन । काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणका लागि बिजुलीको तार भूमिगत गर्न लागिएको हो।

अत्याधुनिक प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर बिजुली तार जमिनमुनी राखिने भएको छ । यसका लागि सडक यत्रतत्र खन्नुपर्ने छैन। तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ ।

रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनुको क्षेत्र भएकाले पहिलो चरणमा भूमिगत गर्न लागिएको प्राधिकरणले जनाएको छ। विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंकले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ ।

दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुनेछन्। विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न सर्भे भइसकेको छ । प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी दुई वर्षभित्र अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ।

विद्युत वितरण प्रणालीलाई पहिलोपटक भूमिगत गर्न लागिएको हो । यो सफल भएपछि अन्य सहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने प्राधिकरणको तयारी छ ।

५ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको