फागुन ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र बिक्रीदर १२४ रुपैयाँ ४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५०पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस