फागुन ५, काठमाडौँ । नेपाल भ्रमणमा हरेका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् ।
दुई देशका सेना प्रमुखबिच आइतबार भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेनाध्यक्ष स्मिथले टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गर्नुभएको थियो । उनको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्नाका साथै पोखराको अवलोकन गर्ने छन्।
प्रतिक्रिया दिनुहोस