रोल्पामा साग स्वर्णविजेता र प्रथम लोकस्टार शनि विश्वकर्मा सम्मानित


माघ ३, रोल्पा । १४औ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका स्वर्णपदक विजेताहरू रोल्पामा सम्मानित भएका छन् ।

माघेसक्रान्तिको अवसरमा माडीचौरमा आयोजित माघेमेला तथा खेलकुद महोत्सवमा हालै सम्पन्न सागमा उसुमा स्वर्ण जित्ने निमा घर्तीमगर र बक्सिङमा स्वर्ण जित्ने भूपेन्द्र थापामगर नगदसहित सम्मानित भएका हुन् ।

स्वर्णधारी घर्ती र थापालाई महोत्सव आयोजकले जनही ५० हजार रूपैयाँसहित सम्मान गरेको हो । घर्ती रोल्पा नगरपालिका ७ माडीचौर र थापा परिवर्तन गाउँपालिका २, का स्थानीयबासी हुन् ।

महोत्सवमा प्रथम आईएमई लोकस्टार शनि विश्वकर्मा पनि ५० हजार नगदसहित सम्मानित भएका छन् । विश्वकर्मा रोल्पा नगरपालिका ८ जंकोटका बासिन्दा हुन् । उनले एपीवान टेलिभिजनबाट प्रशारित रियालिटी शो लोकस्टारको उपाधि जितेका थिए ।

२०७६ माघ ३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको