बालुवाटारमा ओली, प्रचण्ड र देउवाविच भेटवार्ता


माघ ३, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुविच भेटवार्ता भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी छलफल गर्न नेकपा र कांग्रेसका नेताहरु शुक्रबार बिहानै भेला भएका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी छन् ।

यसैबीच, सत्य निरुपण सम्बन्धी छलफल सकिएपछि ओली र प्रचण्डबीच सभामुख चयनबारे पनि छलफल हुने बताइएको छ ।

३ माघ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको