माघ ३, काठमाण्डौ । आज शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ तोकेको छ ।
त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा रहेको छ ।
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा रहेको छ ।
आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ १९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७८ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा बिक्रीदर २८ रुपैयाँ तोकेको छ ।
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस