दाङमा डोजरको ठक्करवाट एक जनाको मृत्यु

सांकेतिक तस्बिर

माघ ३, दाङ । दाङमा डोजरको ठक्करवाट एकजनाको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ६६ बर्षीय बोधिलाल थापाको मृत्यु भएको छ । बुधवार बेलुका ८ बजेतिर तुलसीपुर तर्फ आउँदै गरेको रा १ क ६१५ नम्वरको डोजरले पैदल हिडिरहेका थापालाई ठक्कर दिएको थियो ।

घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । चालक नोखिराम बुढाथोकी र डोजर प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

२०७६ माघ ३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको