एभरेस्ट कोअपरेटिभ सोसाइटीले सियोनलाई एक लाख, एक हजार, एक सय, एघार रुपैयाँ सहयोग


मंसिर १, पोष्टपाटी- एभरेस्ट कोअपरेटिभ सोसाइटी युएईले सियोनलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ । सोसाइटीका अध्यक्ष अमर खत्रीको संयोजकत्वमा सहयोग हस्तान्तरण गरिएको हो ।

१३ महिने बालिका सियोना श्रेष्ठ पोल्याण्ड स्थित मेडिकल युनिभर्सिटी अफ वार्सवमा SPINAL MUSCULAR ATROPHY (SME-1) नामक रोगसँग लडिरहेकी छन् ।

उनको उपचारको लागि बच्चाका बाबू सन्दीप श्रेष्ठले संसारभरी छरिएर रहेका नेपाली समुदायसंग सहयोग गर्न अनुरोध गर्नुभएको हो ।

धेरै मनकारी नेपालीहरुले सहयोग दिने क्रममा युएई स्थित एभरेस्ट कोअपरेटिभ सोसाइटीले पनि सहयोग गरेको बबिता रास्कोटी मगरले पोष्टपाटीलाई बताउनु भयो ।

२०७७ मंसिर १,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको