जय किशोर पोद्दार र रमेश गिरिको नेतृत्व छोडी साजन नेतृत्वको मोर्चामा चार जनाको प्रवेश


असोज ३०, दोहा कतार । जे पि किशोर पोद्दार र रमेश गिरि नेतृत्व गरेको नेपाली जनप्रगतिशील मोर्चा कतारबाट विद्रोही गरी साजन गुरुङ नेतृत्वको नेपाली जनप्रगतिशिल समानान्तर मोर्चा कतारमा चार जनाले प्रवेश गर्नु भएको छ ।

साजन गुरुङ नेतृत्व नेपाली जनप्रगतीशिल समानान्तर मोर्चामा प्रवेश गर्नेहरुमा मोर्चा केन्द्रीय सदस्य, दिनेश बुढा मगर ,मोर्चा सदस्यहरुमा कर्ण झाक्रि , कमल खड्का, भाइ काजि बोन हुनुहुन्छ । मोर्चाका केन्द्रीय सदस्य दिनेश बुढा मगरले नेपाली जनप्रगतिशिल समान्तर मोर्चा साजन गुरुङको नेतृत्व बाट मात्र कतारमा रहेका चारलाख मजदुरहरुको हक हितमा बुलन्द आवाजलाई सप्रेषण गर्ने एक मात्रै मोर्चा सम्भव रहेको स्पष्ट बताउनु भएको छ ।

जे पि किशोर र रमेश गिरि नेतृत्व गरेको नेपाली जनप्रगतिशिल मोर्चा कतार सातौ अधिवेशनबाट अध्यक्ष भएको जय किशोर पोद्दारले नेतृत्व गरेको मोर्चाको सदस्य रहि संगठिनमा आवद्ध सामाजिक बैचारिक र राजनितिक सांगठनिक बिषय बस्तुहरुको बारेमा केही कुरा बुझ्ने अवसर प्राप्त भयो । यस लगतै संगठन भित्र एक खाले अवसरबादी ब्यक्तिहरुको मात्रै हालीमुहाली भएको प्रष्ट बुझे पछि संगठन नै धारासायी भईरहेको बुझियो । त्यो त एउटा सानो गुटहरुको झुण्ड रहेछ भन्ने कुरा बिस्तारै बुझ्दै गएपछि त्यस टुक्रे संगठनमा रहनुको औचित्य नरहेको कर्ण झाँक्रीले बताउनु भयो ।

कुनै किसीमको स्कुलिङ नहुने र कुनै खाले अग्रगामी बाटो नदेखिने भएकोले रमेश जेपी गुटको कुनै औचित्य नरहेको कर्ण झाँक्रीले बताउनु भयो ।

सातौँ अधिवेशनमा चुनिएका मोर्चाको इमान्दार र स्पष्ट ब्यक्तित्वहरु सहितको बहुमत केन्द्रीय समितिका सदस्यहरुले मोर्चाको यस अबसरबादी गुटबाट बिद्रोह गरि छुट्टै नेपाली जनप्रगतीशिल मोर्चा केन्द्रिय समिति निर्माण गरिएको संगठन प्रति हाम्रो पहिलै देखि चासो र सरोकार रहँदै आएको कमल खड्काले बताउनु भयो ।

जे पि किशोर र रमेश गिरि नेतृत्व गरेको मोर्चाले पार्टी संगठनको बिधि र बिधान भन्दा निकै अहमता, घमण्ड, अराजक एकल अधिकार, हैकमवादी तत्व हावी भएको कारणले कतारमा कार्यरत मजदुरहरुले जे पि किशोर र रमेश गिरि नेतृत्वको मोर्चा प्रति आशा गर्न कुनै चिज बाँकी नरहेकाले साजन गुरुङ नेतृत्व गरेको मोर्चामा प्रवेश गरेको भाइकाजी बोनले बताउनु भएको छ ।

त्यस्तै नब प्रवेशी सदस्यहरुलाई स्वागत गर्दै रमेश गिरी जेपी गुटलाई परित्याग गरि त्यस भित्र रहेका कतिपय अग्रगामी युवाहरु समानान्तर मोर्चामा आउन अध्यक्ष साजन गुरुङले सबैलाई अपिल गर्नुभएको थियो ।

नेपाली जनप्रगतीशिल मोर्चा केन्द्रीय समानान्तर समितिका अध्यक्ष साजन गुरुङ, मोर्चा प्रवक्ता राजेन्द्र लिम्बू, महिला बिभाग प्रमुख तथा उपाध्यक्ष गोमा थापा, मोर्चा सचीव ज्ञानेन्द्र राज भारती, कोषाध्यक्ष मनमोहन सिङ लगायत मोर्चा सदस्यहरुले अबिर खादा ओढाएर सम्मानका साथ नव प्रवेशिकाहरुलाइ बधाई तथा स्वागत गरिएको थियो ।

२०७७ आश्विन ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको