दाङमा ट्याक्टर पल्टिंदा एकजना गम्भीर घाईते

फाइल तस्बिर

असोज ३०, दाङ । दाङमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा चालक गम्भीर घाईते भएका छन् ।

शुक्रबार साढे तीन बजेतिर रा १ त २२३५ नम्बरको ट्याक्टर दंगीशरण गाउँपालिका ५ नौवस्तामा पल्टिदा चालक गम्भीर घाईते भएका हुन् ।

चालकको नाम, ठेगाना खुलेको नखुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानेको छ ।

२०७७ आश्विन ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको