दाङमा मोटरसाईकलले साईकललाई ठक्कर दिदा ३ जना घाईते


असोज ३०, दाङ । दाङमा मोटरसाईकलले साईकललाई ठक्कर दिदा ३ जना घाईते भएका छन् ।

घाईते हुनेमा साईकल चाकल तुलसीपुर उपमहागनरपालिका–९ बेलुवा निबासी २७ बर्षका छविबलाल नेपाली, मोटरसाईकल चालक तुलसीपुर–६ अमृतनगर टोल निबासी २२ बर्षका प्रकाश केसी र सल्यानको छत्रेश्वरी गाउँपालिका–१ दमाचौर निबासी २३ बर्षका रजनी केसी घाईते भएका छन् ।

घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरको वीरेन्द्र चोकबाट पश्चिम जाँदै गरेको रा५प ७६८७नम्बरको मोटरसाईकलले मासुमार्केटबाट बसपार्क जाँदै गरेको साईकललाई ठक्कर दिदा दुर्घटना भएको थियो ।

२०७७ आश्विन ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको