६५औं प्रहरी दिवसमा चन्द्रागिरि नगरपालिका सम्मानित


असोज ३०, काठमाडौँ । नेपाल प्रहरीले ६५औं प्रहरी दिवसमाकाे अवसर पारेर देशभरका स्थानीय तह मध्ये चन्द्रागिरि नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै सम्मानित गरेको छ।

समुदाय – प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याएकाे र शान्ति सुरक्षामा नगरपालिकाका मेयरले उत्कृष्ट कार्य गरेकाे भन्दै चन्द्रागिरि नगरपालिकालाई पुरस्कृत गरिएको हो।

६५ औं प्रहरी दिवस २०७७ को अवसरका आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई प्रमाणपत्र प्रदान गरी सम्मानित गरेका हुन्।

समान ग्रहण गर्दै नगरपालिकाका मेयर गिरीले चन्द्रागिरि नगरपालिकालाई शान्ति सुरक्षा अमनचयन कायम गर्दै राजधानीमा हुने अपराधीक कृयाकलाप राेक्ने कार्यमा नगरपालिका विशेष याेजनाका साथ लागिरहेकाे बताए ।

मेयर गिरीले भने ,” हामीले बागमती प्रदेशकाे महानगर पछि दाेश्राे ठुलाे नगरपालिका त्यसमाथि पनि मुख्य नाका नागढुङ्गा यहि रहेकाेले अपराधीक गतिविधि सडक सुरक्षा लगायत बिविध गतिविधि राेकथामका लागि १ कराेड लगानीमा पिप्लामाेड नागढुङ्गा देखि कंलकी सम्म सिसि क्यामरा जडानका लागि अन्तिम कार्य गरिरहेका छाै ।”

गत बर्ष सामुदायिक साझेदारीमा उत्कृष्ट काम र सहयाेग गरेबापत महानगरीय प्रहरी दिवसकाे उपलक्ष्यमा चन्द्रागिरि नगरपालिका १ का समाजसेवी तथा सञ्चारकर्मी राेसन दानीलाई पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुरस्कृत गरेका थिए ।

२०७७ आश्विन ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको